लोटाङमा जुवा खेलिरहेका ७ जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मङ्सिर २ गते

लोटाङमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लेटाङ नगरपालिका ९, जाँतेमा रहेको स्वेता मगरको घरमा जुवा खेलिरहेका उनिहरूलाई अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ पर्नेहरूमा लेटाङ ९ का ४५ बर्षीय ददिराम पौडेल, २५ बर्षीय निर्मल मगर, ३१ बर्षीय रञ्जित गजमेर, ५२ बर्षीय नरध्वज खड्का, ३२ बर्षीय चन्द्रबहादुर गौतम, ३९ बषीय सिरि कुमार पुलामी मगर र तेह्रथुमका यमकुमार शेर्पा रहेका कार्यालयले जनाएको छ । 

आज बिहान २ बजे पक्राउ परेको उनीहरुको साथबाट १ लाख ८८ हजार ७ सय ४५ रुपैँया, १ सेट कौडा, ६ बुक तास र१६ सेट मोवाइल बरामद गरीएको र पक्राउ परेका उनिहरूमाथी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *