सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवक प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २९ गते।

केही समयअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।एक वर्षअघि युवतीकै अगाडि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रवीन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको हो । सार्कीलाई सोमबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो । सोमबार चितवनबाट पक्राउ परेका सार्कीलाई मंगलबार सार्वजनिक गरेको हो । महाशाखाका एसएसपी सहकुल थापाका अनुसार सार्कीको च्याटहरू अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियो अपलोड गरेको देखिएको थियो । सार्कीले सो भिडियो साउन महिनामा बनाएका थिए भने मंसिरमा अपलोड गरेका थिए ।उक्त भिडियोमा उनले अश्लील हर्कत गर्दै हस्तमैथुन गरी वीर्यपतन गरिरहेको देखिन्छ । उनले आफूभन्दा अगाडिको सिटमा बसेकी युवतीको टाउकोतिर लक्षित गरी वीर्यपतन गरेको देख्न सकिन्छ ।प्रहरीका अनुसार सार्कीले अप्लोड गरेको सो भिडियो सामाजिक सञ्जाल भाइरल भएपछि सार्की भारत भागेका थिए । उनी फेरि नेपाल आएको सूचना प्राप्त भएसँगै उनलाई चितवनबाट पक्राउ गरिएको हो । काठमाडौंमा रिक्सा चालकका रूपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियो बनाएर अपलोड गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *