अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २९ गते।
पोर्चुगलको समुन्द्रमा डुबेर दुई नेपाली दाजुभाईको मृत्यु भएको छ । राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबाको छालले तान्दा डुबेर मृत्यु भएको हो ।आइतबार कास्काइसको ‘बोका दि इन्फेर्नो’ भन्ने सामुन्द्रिक तटमा माछा मारिरहेका उनीहरूलाई छालले तानेर बगाएको थियो । निषेधित क्षेत्रमा गएर माछा मारिरहेका उनीहरूमध्ये पहिला दाजुलाई बगाएको र भाइले बचाउन खोज्दा भाइलाई पनि छालले तानेर लगेको अनुमान गरिएको छ ।उनीहरूलाई छालले तानेर बगाएको त्यहाँ छाल हेर्न गएकाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै सामुद्रिक प्रहरीले खोजी गरेर उद्धार गर्न सफल भएपनि उनीहरूको मृत्यु भइसकेको थियो ।मृतक दाजुभाइले कासकाइसमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दे आएका थिए । उनीहरु ८ महिनाअघि डेनमार्कबाट पोर्चुगल आएको बुझिएको छ । उनीहरुको शब काइस्काइसको अस्पतालमा राखिएको छ ।