धनगढीबाट ब्राउन सुगर सहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष २९ गते।

धनगढीबाट ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।वडा नम्वर १० घर भई वडा नम्वर ८ को बुद्दचोक नजिक डेरा गरी बस्ने २० बर्षीय उमेश धामी, २० बर्षकै उमा चौधरी र १९ बर्षीय असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले अनलाईन न्युजपाटीलाई  बताए। उनीहरुको साथबाट ५ सय १० मिलिग्राम ब्राउग सुगर र सेवन गर्न प्रयोग गरेको १० को नोट लगायतका सामान बरामद गरीएको उनले बताए। कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले अनलाईन न्युजपाटीलाई  जनाएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *