कञ्चनपुरस्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र सिंह माथि जनप्रतिनिधि बाट हातपात

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, पौष २९ गते।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौल स्थित बैजनाथ माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र सिंह माथि जनप्रतिनिधि बाट हातपात भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश प्रसाद भट्ट र वडा सदस्य तर्कराज भट्ट लगायतको समूहले प्रधानाध्यापक सिंह माथि सोमबार झलारी बजारमा हातपात गरेका हुन् ।विद्यालय व्यवस्थापन समितिमा आफ्ना मान्छेलाई नराखेको र आफ्नो भनेको नमानेको भन्दै वडा सदस्य भट्ट सहितको समूहले हातपात गरेको विद्यालयका निमित्त प्रमुख सिंहले बताए । उनका अनुसार लवरा राना र सावित्री जोशीको नाम मनोनयन नगरेको भन्दै आक्रमण गरिएको हो । मापदण्ड र योग्यता नपुगेकाले आफूले उनीहरुलाई मनोनयन नगरेको र यसै कुरालाई लिएर आफू माथि आक्रमण भएको उनको आरोप छ । सिंहले आफू माथि हातपात गर्नेहरु विरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएका छन् । कुटपिट गर्नेहरु विरुद्ध मंगलबार सार्वजनिक मुद्दा हाल्ने उनको तयारी छ ।यता वडा सदस्य तर्कराज भट्टले भने निमित्त प्रधानाध्यापक माथि हातपात नगरेको दाबी गर्दै उल्टै रडाको मच्चएको आरोप लगाए । विद्यालयको निर्णय होटल भित्र बसेर गरेको र जानकारी माग्दा चर्को स्वरमा बोलेको आरोप लगाउदै भट्टले निर्णय नदेखाएपछि झोला तानेर आफैले हेर्न मात्र खोजेको जिकिर गरे। घटनाको विरोधमा नेपाल राहत शिक्षक समितिको केन्द्र, जिल्ला तथा नगर र नेपाल शिक्षक संघको नगर कार्य समितिले छुट्टा छट्टै विज्ञप्ति जारी दोषीलाई कारवाहीको माग गरिएको छ । घटनाको निष्पक्ष छानविन नभए आन्दोलनमा उत्रिने शिक्षक संगठनहरुको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *