अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,माघ १ गते।
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाईते भएका छन्। गएराती साढे ११ बजेको समयमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ लम्कीबाट विरामी लगेर कोहपलुर जादै गरेको पिपुल्स अस्पतालको से ०१ च १०१० नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिका वडा नम्वर ३ गोरुङ्गेमा दुर्घटना हुँदा ४ जना घाईते भएका हुन्।लम्कीचुहा नगरपालिका वडा नम्वर १ का २५ बर्षीया हिरा जोशी, १९ बर्षीया १९ की उषा जोशी, ५० बर्षीया जयसरा जोशी र ३२ बर्षीय बसन्तराज उपाध्याय घाईते भएका हुन्। हिरा जोशीलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईते भएपनि जोशीले शिशुलाई सकुशल जन्म दिएकी छिन्। घाईते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। सडकमा रहेको गाईलाई जोगाउन खोज्दा दुर्घटना भएको उनले बताए।