अटोमेटिक पेस्तोलसहित धनुषाबाट २ जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,माघ १ गते।

धनुषामा अटोमेटिक पेस्तोल सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका-५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही गाउँका १९ वर्षीय शुभकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।हतियार बोकेर हिँडेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दिपेशलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अशोक झाले अनलाईन न्युजपाटीलाई जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *