घाटबाट महिलाको जलाउन ठिक्क पारिएको अवस्थामा शव प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,माघ २ गते।

प्रहरीले घाटबाट महिलाको शव नियन्त्रणमा लिएको छ । विराटनगर ८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको हो ।स्थानीय २८ वर्षीया प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले जलाउन लागेको शव नियन्त्रणमा लिएको हो । मृत महिलाको घाँटीमा चोट देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।घटना स्थलमा वडा प्रहरी कार्यालय विराटनगर हाटखोलाका प्रहरी नायव निरीक्षक मनोज अधिकारीको नेतृत्त्वमा टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *