बारामा ट्याक्टरको टेलरमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु

अनलाईन न्युजपाटी,बारा,समाचारदाता,माघ २ गते।

बारामा ट्याक्टरको टेलरमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज कलैया सडक खण्डअन्तरर्गत बाराको मोतिसर चौकमा बिहीबार विहान पल्टिएको ट्याक्टरको टेलरमा मोटरसाइकलले ठक्कर दिँदा वीरगन्ज २४ रामगढवाका ३५ वर्षीय धुरेन्द्र गिरीको मृत्यु भएको हो ।ना १५ प ५७४३ नम्बरको मोटरसाइकलमा सवार गिरी विहान करिब साढे पाँच बजेको समयमा वीरगन्जतर्फ आइरहेको बेला मोतिसर चौक नजिकै मेनरोडमा पल्टिएको उखु लोड गरिएको ट्याक्टरको टेलर ठोकिएको थियो ।गिरीको शव परीक्षणको लागि कलैया अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।बीच बाटोमा ट्याक्टर पल्टिदा टेलरलाई व्यवस्थित तरिकाले नराखेका कारण दुर्घटना भएको स्थानीयवासीको भनाइ छ ।टेलरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।उनले टेलरमा नम्बर नभएका कारण त्यसको धनीको पहिचान हुन नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *