विद्यार्थी बोकेको इडेनबर्ग कलेज विराटनगरको बस धनकुटामा गुडिरहेको अवस्थामा आगलागी

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,माघ ३ गते।

विद्यार्थी बोकेको इडेनबर्ग कलेज विराटनगरको बस धनकुटामा गुडिरहेको अवस्थामा आगलागी भएको छ ।धनकुटाबाट विराटनगर आउँदै गरेको रिजर्व बसमा आगलागी भएको हो ।धनकुटाको साँगुरीगढी गाँउपालिका ६ मा गुडिरहेको यात्रुवाहक बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो लागेपछि भाग्ने क्रममा ५ जना विद्यार्थी घाईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।धनकुटामा अयोजना गरेको तालिममा भाग लिन गएका विद्यार्थी लिएर विराटनगर फर्किने क्रममा ना ५ ख ८००३ को बसमा आगलागी भएको हो ।घाईते सबैलाई स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको छ । बसका चालक र सहचालक फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *