पर्सामा एक जना ज्यान मार्ने मुद्धामा फरार र ६ जना बिभिन्न मुद्धामा जरिवाना तोकिएका प्रतिवादी पक्राउ

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता,माघ ३ गते।

ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले ६ जना बिभिन्न मुद्धामा जरिवाना तोकिएका प्रतिवादी र एक जना ज्यान मार्ने मुद्धामा फरार अभियुक्त गरी ७ जनालाई पक्राउ गरेको छ । जरिवाना भएका प्रतिवादी सुरेन्द्र महतोको श्रीमती राजकुमारी देवी, बिरेन्द्र महतोको श्रीमती रामपतिया देवी, गुदर महतोको छोरा रामप्रसाद महतो धानुख, रामप्रसाद महतोको छोरी रुना देवी, रामप्रसाद महतोको श्रीमती ईन्दु देवी, ईशु राउत गदीको छोरा मोजाहिर राउत गदीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पर्सा बुझाइएको छ ।यस्तै ज्यान मार्ने मुद्धामा २ बर्ष कैद रहेको ३ बर्ष देखी फरार रहेका जगरनाथपुर गाउँपालिका निवासी २२ बर्षीय बिनय यादवलाई समेत पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *