गढीमाई मेलाबाट फर्किएका सवारीसाधनलाई चेक जाँच गर्ने क्रममा चोरीको मोबाइल तथा गरगहना सहित २२ जनालाई पक्राउ

अनलाईन न्युजपाटी,बारा,समाचारदाता,माघ ४ गते।

बारा जिल्लामा प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट १३ थान मोबाइल फोन र महिलाले नाक, कानमा लगाउने फुली तथा झुम्काहरू बरामद गरेको छ ।बिहीबार बिहान ईलाका प्रहरी कार्यालय कवहीगोठ र सशस्त्र प्रहरी बल बिओपीको टोलीले भारतीय नम्बर प्लेटको गाडीमा चेकजाँच गर्ने क्रममा ती सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नं. ३ संतगञ्जस्थित सडकमा गढीमाई मेलाबाट फर्किदै गरेको सवारी साधन चेकजाँचको क्रममा भारतीय नम्बरको बलेरो पिकप गाडीको हुडमाथि लुकाईछिपाई राखेको अवस्थामा विभिन्न कम्पनीको १३ थान मोबाईल र महिलाहरूले नाक कानमा लगाउने पहेलो धातुको सानो फुली तथा रिङ समेत फेला परेको विज्ञप्तिमा उल्लेख छ ।गाडीमा सवार महिला, पुरूष तथा बालबालिका समेत २२ जनामध्ये ४ जनालाई नियन्त्रणमा लिई म्याद थप गरिएको छ ।बाँकी १८ जनालाई आवश्यक सोधपुछ छानबिन गरी जिम्मा जमानीमा छाडिएको छ ।पक्राउ पर्नेमा भारत विहार राज्य छपरा जिल्ला ग्राम माठिया वडा नं.९ बस्ने जितेन्द्र तिवारी, गीता देवी, आकाशकुमार साह र गोलु तिवारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *