हेटौंडामा रहेका लागूऔषध अखडामा छापा मार्ने क्रममा ७ जना पक्राउ

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदाता,माघ ४ गते।

हेटौंडास्थित लागूऔषध सेवन गर्ने अखडामा छापा मारेर ७ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका–९, शान्तिटोलमा रहेका लागूऔषध अखडामा छापा मारेर ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१० का २० वर्षीय संगीत रायमाझी, १८ वर्षीय दीक्षा भट्टाचार्य, निशा कुशवार, हेटौंडा ४ का २६ वर्षीय सन्दीप न्यौपाने, हेटौंडा–९ का २५ वर्षीय विश्वजंग रायमाझी, हेटौंडा ५ का १८ वर्षीय अभिशेक ठकुरी र हेटौंडा १ का २५ वर्षीय निखिल लामा छन् । स्थानीय सुरेश त्रिपाठीको घरबाट गाँजा, बाँसमा कालो टेपले बेरेको चिम्नी १, माटोको चिम्नी १, ग्यास रिफिलसँगै १ थान अनटेस्ट स्कुटर र ना २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *