सत्यनिरूपण र बेपत्ता आयोग ऐनबारे दलहरू छलफलमा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,माघ ४ गते।

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा र कांग्रेसबीच आज पनि छलफल सुरु भएको छ ।प्रधामन्त्री केपी शर्मा ओली, नेकपा अक्ष्यक्ष पुष्पकमल दहाल प्रचण्ड तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ ।शुक्रबार बसेको बैठकपछि आज आयोग गठनको विषयले पूर्णता पाउने नेताहरुले बताएका थिए । शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुग्याउने तयारी छ। त्यसपछि सिफारिस समितिले बैठक बसेर क्याविनेटमा सिफारिस पठाउने छ ।मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ। शुक्रबार सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गर्ने बिषयमा पनि नेताहरुबीच छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *