कैलालीको पुलमा आफ्नै गलबन्दीले पासो लगाएर पूर्व हवल्दार ४१ वर्षीय रामबहादुर खड्काले हिजो राति गरे आत्महत्या

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,माघ ४ गते।

सशस्त्र प्रहरी बलका पूर्व हवल्दार ४१ वर्षीय रामबहादुर खड्काले हिजो राति आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलाली अगाडिको पुलमा आफ्नै गलबन्दीले पासो लगाएर खड्काले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।हिजो रातिदेखि नै सम्पर्कविहीन रहनुभएका खड्का आज विहान पुलमुनि झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *