मोटरसाईकल चोरीमा सँलग्न दुई जना सर्लाहीबाट पक्राउ

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,माघ ७ गते।

मोटरसाईकल चोरीमा सँलग्न दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. २ धर्मपुर बस्ने राम एकवाल रायको आफ्नै घर अगाडी पार्किंग गरी राखेको अवस्थामा चोरी भएको थियो । पार्किंग राखिएको BR 30 Q 6524  भारतीय नम्बर प्लेटको मोटरसाईकल करिब१:४५ बजेको समयमा चोरी भएको थियो । मोटरसाईकल चोरी भएलगत्तै प्रहरीलाई खवर गरेपछि २ घण्टामै फेला पारेको थियो ।  मोटरसाइकल चोरी भएको जानकारी हुनसाथ प्रहरी चौकी ब्रहम्पुरी तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलिले मोटरसाइकलको खोजिलाई तिब्रता दिएको २ घण्टा १५ मिनेटमा हराएको मोटरसाइकल ब्रम्हपुरी गाउँपालिका वडा नं. २ स्थितमा फेला पारेको प्रहरीले जनाएको छ। मोटरसाइकल चोरीमा संलग्न जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगर बस्ने जोगेन्द्र साह तेलीको २२ वर्सिय छोरा रामप्रवेश साह र चोरीको मोटरसाइकलको पछाडी बस्ने युवकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *