अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता,माघ ७ गते।
पर्साको एक युवकको शव मकवानपुरमा फेला परेको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नं. ४ कट्टी बलुवा स्थाई घर भएका वीरगंज १३ राधेमाई निवासी बर्ष २८ का अनिरुध प्रसाद चौहानको शव मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ स्थित फेला परेको प्रहरीले जनाएको छ ।आइतबार विहान ९ बजे अनिरुद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले वताए । सडक भन्दा ५/६ मिटर तल ना ५२ प ४६१६ नम्बरको मोटरसाइकल रुखमा अड्किएको अवस्थामा भेटिएको र उनको शव पनि सोही स्थानमा फेला परेको प्रहरी निरीक्षक निरिक्षक कुर्मीले वताए ।मृत अवस्थामा फेला परेको अनिरुद्धको शव परिक्षण मकवानपुर जिल्ला अस्पतालमा भए पछि उनको आफन्तजनले बुझि लगेको प्रहरी निरिक्षक कुर्मीले वताए ।मृतक अनिरुद्धको टाउकोमा प्वाल र सरीरको विभिन्न भाग निलडम देखिएकोले मारेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक अनिरुद्धको कल डिटेल निकाल्ने काम भइरहेको र भोली मंगलबार सम्म कल डिटेल आए पछि मात्र केही भन्न सकिने प्रहरी निरिक्षक कुर्मीले वताए ।वीरगंजको एडभान्स हाँस्पिटलमा कार्यरत मृतक अनिरुद्ध शुक्रबार डिउटी समेत गरेका थिए । उनी शनिबार देखि सम्पर्क विहिन भएका थिए । उनलाई कसैले फोन गरेर बोलाए पछि उनी हेटौडा गएको मृतक अनिरुद्धको आफन्तहरुले वताएका छन् । उनलाई कसैले हत्या गरी लगेर फालेको हुन सक्ने आफन्तजनको आशंका छ ।मृतक अनिरुद्धको शव सोमबार स्थाई घर बलुवामा पुगे पछि गाउँ नै सोकमा डुबेको थियो । हेल्थ असिस्टेन्ट मृतक अनिरुद्धको साेमबार नै गाउँको आर्यघाट दाहसंस्कार गरिएको छ ।