अनलाईन न्युजपाटी,उदयपुर,समाचारदादाता,माघ ८ गते।
उदयपुरमा सशस्त्र प्रहरीद्वारा मंगलबार राति २ बजेको समयमा अवैध रुपमा ओसारपसार गरिरहेको ५० केजी गाँजा बरामद गरेको छ । उदयपुर र सप्तरीको सिमाना उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट उक्त परिणामको गाँजा बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । चार पाँच जनाको समूहमा रहेका गाँजा कारोबारीहरुले सशस्त्र प्रहरीलाई देखेपछि उनीहरु अवैध गाँजा छोडेर भाग्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल ५ नं. गण हेडक्वाटर त्रियुगा उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गाहरधन राईले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार गाँजा कारोबारीहरु उदयपुरबाट सप्तरीतर्फ गईरहेको सुराकीको आधारमा खोजतलास गर्न जाने क्रममा जंगलबाट दुई वटा बोरामा ५० केजी गाँजा बरामद गरेको बताए ।