अनलाईन न्युजपाटी,नवलपरासी,समाचारदादाता,माघ १० गते।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सुनवलबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनवल नगरपालिका ३ किर्तिपुर बस्ने अन्दाजी २० वर्षीय महादेव पुन रहेका छन्।प्रहरीका अनुसार गत मंगलबार राति साढे ११ बजेको समयमा सुनवल नगरपालिका तीन किर्तीपुरको भित्री सडक खण्डमा ग १२ प ३६४० नम्बरको मोटरसाइकलमा सवार मोटरसाइकल चालक कास्की जिल्ला पोखरा महानगरपालिका १ बस्ने २४ बर्षिय जगदिश गुरुङ्ग र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने २३ बर्षिय संजोग गुरुङ्ग लाई पुनले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।चक्कु प्रहारबाट घाइते जगदिश गुरुङ्गको उपचारको क्रममा हिजो बुधबार भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो । भने संजोग गुरुङ्ग उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।सुनवल ३ किर्तिपुरमा घुम्न आएका ति दुई युवा र पुन बिच सामान्य बिवाद भए पछि पुनले चक्कु प्रहार गरेका थिए ।घटना पश्चात फरार रहेका पुनलाई ईलाका प्रहरी कार्यालय सुनवलको टोलीले खोजी गर्ने क्रममा बुधबार उनको घर नजिकैबाट नियन्त्रणमा लिएको छ । घाइतेमध्ये जगदिश गुरुङ्गको मृत्यु भएपछि पुन माथि कर्तव्य ज्यानमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।