सिरहामा लागुऔषध सहित २ जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,माघ १० गते।

सिरहामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका-१ बस्ने २५ वर्षीय उपेन्द्रकुमार यादव, सिरहाको भगवानपुर गाउँपालिका-२ बस्ने २२ वर्षीय अरुणकुमार यादव छन् ।बिहीबार सिरहाको भगवानपुर गाउँपालिका-३ स्थित प्रहरी चौकी ठाडीबाट खटेको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।भारतबाट नेपाल तर्फ आउँदै गरेको स.९प.८५८२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट लागुऔषध डाईलेक्स डि.सि. ७ बोतल र नाईट्राभेट ११ पिस सहित पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।पक्राउ परेका दुवैलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहानमा ल्याएर थप अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *