नेपालमा पनि भेटियो कोरोना भाइरस,सचेत हुन् आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,माघ ११ गते।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वस्थ्य मन्त्रालयले नै यो भाइरस फेला परेको पुष्टि गरेको हो। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् । उनको स्वास्थ्य परीक्षणका लागि हङकङ पठाइको थियो । उनी प्रत्यक्ष निगरानीमा रहेको उनले बताए ।कोरोना भाइरसका कारण उत्तरी छिमेकी मुलुक चीनमा २६ जनाको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८ सय ३० जनामा यसको संक्रमण भएको पुष्टि भइसकेको छ । कोरोना भाइरसले महामारीका रूप लिनसक्ने खतरालाई मध्यनजर गर्दै चीनले आफ्ना केही शहरमा भ्रमण र ती शहरका मानिसलाई अन्यत्र जान प्रतिबन्ध समेत लगाएको छ ।कोरोना भाइरस नेपालमा समेत भित्रिन सक्ने खतरालाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *