कमला नदीको पुलमा शुक्रबार बिहान एक ट्रक पल्टिदा अढाई घण्टा राजमार्ग अवरुद्ध

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,माघ १७ गते।

धनुषा र सिरहा जोड्ने कमला नदीको पुलमा शुक्रबार बिहान एक ट्रक पल्टिदा अढाई घण्टा राजमार्ग अवरुद्ध भएको छ । युरिया मल बोकेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ३८७२ को ट्रक शुक्रबार विहान कमला पुलमै दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो । प्रहरीका अनुसार ट्रक बिहान ४ बजे पुलमै पल्टेर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।दुर्घटना लगतै चालक फरार भएका छन् । पूलमै पल्टेको ट्रकमा ४ सय २० बोरा युरियामल भएको कारण झण्डै अढाई घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । बाटो खुलाउन ट्रकबाट युरिया मलको बोरा ट्राफिक प्रहरी धनुषा पोर्ताहा, ट्राफिक प्रहरी सिरहा बन्दीपुर र जनपथ प्रहरी समेतको सहयोगमा झण्डै २ घण्टा लगाएर निकालिएको थियो । त्यसपछि २ वटा जेसीबी लगाएर ट्रक पुलबाट हटाएपछि बिहान ६ बजे राजमार्ग सुचारु भएको ट्राफिक प्रहरी धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *