अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,माघ १७ गते।
जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ । कल्पना मेडिकल हॅलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ । आगो कसले र किन लगाएको हो? भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।