वीरेन्द्रनगरको जुम्लारोडको पिपिराचोकमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदादाता,माघ १७ गते।

वीरेन्द्रनगरको जुम्लारोडको पिपिराचोकमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सुब्बाकुनाबाट सुर्खेत बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्बरको ट्रयाक्टरलाई सोही दिशाबाट आइरहेको लु१ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा ट्रयाक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो। सहचालक भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्रयाक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो। ट्रयाक्टर डिजेल भर्नको लागि मोडिने क्रममा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट ट्रयाक्टर चालकको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका छन्। चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिपरको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कर्फ्युसमेत लगाइएको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *