धरानमा स्कुटीको ठक्करले एक पैदल यात्रीको मृत्यु

अनलाईन न्युजपाटी,धरान,समाचारदादाता,माघ १८ गते।

कोशी राजमार्ग अन्तर्गत धरान–१३ स्थित स्कुटीको ठक्करले एक पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार ९ बजेको समयमा भानुचोकबाट उत्तर तर्फ जादैं गरेको धरानकै दिपेन्स कटुवालले चलाएको को ३४ प ५७३९ नं को स्कुटीले एक पैदल यात्रीलाई ठक्कर दिएका थिए ।उनलाई उपचारका लागि राती नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिको हालसम्म पहिचान नभएको प्रहरीले जनाएको छ ।कालो ज्याकेट,कालो ट्रयाकसुट ट्राउजर, धर्के भेष्ट लगाएको करिव ४०र४५ बर्षको जस्तो देखिने उनको शव प्रतिष्ठानको मर्चरीमा राखिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *