अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,माघ १९ गते।
त्रिभुवन राजपथअन्तर्गत अमलेखगञ्ज हेटौँडा सडक खण्डको बडा हाकिम पुल नजिकै कुहिएको अवस्थामा एक ब्यक्तीको शव फेला परेको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने उक्त स्थानमा अन्दाजी ४०-४५ वर्षको पुरुषको जस्तो देखीने शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज, प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए ।‘बाहिरी भाग सम्पूर्ण रुपमा सडिसकेको छ, ठ्याक्कै भन्न नसकिएपनी पुरुषको शव जस्तो देखीन्छ ।’ प्रहरी नायब उपरिक्षक पुरीले बारा खबरसँग भने ।प्रकृती हेर्दा १५/२० दिन अगाडीनै मृत्यु भएको हुनसक्ने देखीएको उनले बताए ।घाँस काट्न जाने महिलाहरुले राजमार्गबाट केही भित्र सडेको अवस्थामा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।शव नै पहिचान नहुने अवस्थामा रहेकाले मृत्युको कारण तत्काल भन्न नसकिने भन्दै पुरीले भने, ‘शल्य परिक्षणका लागि कलैया अस्पतालमा पठाएका छौँ , रिपोर्ट आएपछी कारण थाहा लाग्नेछ । हामिले पनि थप अनुसन्धान गरीरहेका छौँ ।’