सुनसरीको इनरुवामा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु, सातजना घाइते

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदादाता,माघ १९ गते।

सुनसरीको तित्रृबनामा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत  इनरूवा नजिकै रहेकेा तित्रृवनमा बस र हाईस ठोक्किदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा सातजना घाइते भएका छन् ।बाग्लुङबाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो आइतबार बिहान ठोक्किएका थिए ।दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *