हेटौंडामा २ स्कुल बसमाथि आगजनी

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदादाता,माघ १९ गते।

२ स्कुल बसमाथि हेटौंडामा आगजनी भएको छ । हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो ।ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *