अछामको वडाध्यक्षको हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द

अनलाईन न्युजपाटी,अछाम,समाचारदादाता,माघ २२ गते।

अछामको पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्षको हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्तहरुले पञ्चदेवल बजारमा बिहानैदेखि टायरबालेर सडकमा बन्द गरेका छन्। आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्।सवारी आवगमन पनि बन्द गरिएको छ। पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन्। अनुसन्धानका लागि प्रहरीको टोली धनगढीबाट अछाम पुगेको छ। तालिम प्राप्त कुकुरसहितको टोलीले बुधबार अनुसन्धान प्रक्रिया सुरु गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक  दीपक भारतीले बताए।मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको गोठमा उनको शव भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *