नारीघाटमा बस र माइक्रोबस ठक्कर खाँदा ११ जना घाइते

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,माघ २२ गते।

नारीघाटमा बस र माइक्रोबस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।मङ्गलबार बिहान १०:४५ बजे आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका थिए । घटनामा माइक्रोमा सवार ७ र बसमा सवार ४ गरि जम्मा ११ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था मध्यम तथा २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा एक जना सामान्य घाइते भएको पनि प्रहरीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *