अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता,माघ २२ गते।
प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले प्रदेश २ का प्रदेश सांसदलाई ल्यापटप प्रदान गर्ने भएको हो ।ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले जानकारी दिए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको उनले बताए ।
एउटा विधेयक कितावजस्तो हुन्छ । कम्तीमा १५० प्रति फोटोकाँपी गर्नुपर्छ, कागज, मसी र प्रिन्टर गरी वर्षको ५ करोड त्यसमै खर्च भइरहेको अवस्था छ । त्यो खर्चलाई रोक्न पनि ल्यापटप दिन लागेका छौं । अब सरकारको खर्चको बचत हुने र सबै सांसदले विधेयकमाथि लागेको कुरादेखि संशोधनसम्म ल्यापटपमै लेखेर सिधै इमेल गर्नेछन् । कुनै पनि विधेयक कागजी रुपमा अध्ययन गर्दै आएका प्रदेश २ का सांसदले अब ल्यापटपमै अध्ययन गर्ने भएका छन् ।