अनलाईन न्युजपाटी,बझांग,समाचारदादाता,माघ २२ गते।
प्रहरीले बझाङमा लागुऔषध चरेशसहित एक जनालाई प्रक्राउ गरेको छ। जिल्लाको बुंगल नगरपालिका– २ का ६० वर्षीय गगनबहादुर धामीलाई ४ किलो ६ सय ग्राम चरेशसहित पक्रउ गरिएको हो। मंगलबार बझाङबाट महेन्द्रनगरका लागी छुटेको ना७ख ६५२२ नम्बरको बसमा चेकजाँचका क्रममा चरेशसहित उनीलाई रंगेहात प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले बताए। थप अनुसन्धानका लागी धामीलाइ नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।