सप्तरीमा रेखादेवी शर्मालाई आगो लगाएर ज्यान मार्ने प्रयास

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदादाता,माघ २७ गते।

सप्तरीमा ज्युँदै जलाएर हत्या प्रयासको घटना बाहिरिएको छ। यसले सरकारको योजनामाथि प्रश्न चिन्हका साथै चुनौती समेत थपेको छ। घरायसी विवादमा सप्तरीको राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा उनका ससुरा ५५ वर्षीय परशुराम शर्मा पक्राउ परेका छन्। परशुरामलाई पक्राउ गरी आगो लगाइ ज्यान मार्ने उद्योगमा कारवाही भइरहेको डीएसपी तिलक भारतीले जानकारी दिए।पीडितका अनुसार ससुरासहित सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेवी शर्मासमेत योजनामा संलग्न छन्। रेखा आगोमा जलिरहँदा श्रीमान् रवीन्द्रबाहेक आरोपित सबै घरमै थिए। आरोपितले आगो सल्काएर हत्या गर्ने योजनाअनुरूप आफूले लगाउने सारीमा पेट्रोल छर्केर राखिदिएको उनको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *