मोरङमा लागूऔषध गाँजासहित एक जना महिला पक्राउ

अनलाईन न्युजपाटी,मोरंग,समाचारदादाता,माघ २७ गते।

मोरङ प्रहरीले लागूऔषध गाँजासहित एक जना महिलालाई सोमबार पक्राउ गरेको छ ।मोरङको बुढीगंगा गाउँपालिका-५ की ४० वर्षीया रमिना माझी पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले माझीको साथबाट अन्दाजी एक केजी र स-साना प्लास्टिकमा पोका बनाएर राखेको अवस्थामा २८ पोका  गाँजा बरामद गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।विशेष सूचनाको आधारमा प्रहरीको माझीको घरमा पुगेको थियो । घरबाटै प्रहरीले माझीको साथबाट उक्त गाँजा बरामद गरेको उनले बताए ।माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *