क्यानडाको सभामुख जर्ज जे फ्युरी र राष्ट्रियसभाका अध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २७ गते।

नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सिनेट का सभामुख जर्ज जे फ्युरी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा भेटवार्ता गरेको हो । भेटका क्रममा नेपाल र क्यानडाबीचको संसदीय सहकार्यलगायत विषयमा कुराकानी भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण भएको र भेटवार्ताले संसदीय अभ्यास र सिकाइको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने फुयाँलले बताए ।भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । दुवै देशका संसदमा गठन भएको संसदीय मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि अध्यक्ष तिमल्सिनाले ब्यक्त गरे ।क्यानडाको उपल्लो सदन ९ सिनेटका सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *