अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता,माघ २७ गते।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा आगलागी भएको छ। विद्युत् सर्ट हुँदा आगलागी भएको विमानस्थलले जनाएको छ।विमानस्थल प्रमुख देवेन्द्र केसीका अनुसार सोमबार राति लागेको आगो नियन्त्रण प्रयास भइरहेको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए। प्रहरी तथा विमानस्थलका बारूण यन्त्रले आगो निभाइरहेका छन्।