अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,माघ २८ गते।
कञ्चनपुरबाट ४ किलो ८ सय ग्राम चरेश सहित २ जना प्रकाउ परेका छन ।सोमवार धनगढी बजारबाट दक्षिण भारतको सिमा नाका गौरीफण्टा तर्फ शंकास्पद रुपमा गई रहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा एक महिला र एक पुरुषलाई प्रकाउ गरेको हो ।प्रकाउ पर्नेमा कपिलवस्तको शिबराज नगरपालिका वडा नं ९ बस्ने वर्ष २४ का विश्वास थापा, सोही ठाउ बस्ने २५ बर्षकी सिता राना मगरलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।उनका अनुसार खानतलासी गर्ने क्रममा सिमा राना मगरले कम्मरको भागमा हरियो कपडा भित्र लुकाई छिपाई गरी प्लाष्टिकले बेरी राखेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।थप कारबाहीका लागी ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।