अनलाईन न्युजपाटी,धरान,समाचारदादाता,माघ २८ गते।
गत माघ २५ गते दिउसो धरान २० स्थित एन्जल मार्गका सामान्य बादबिबादको घटनालाई लिएर पेटमा छुरा प्रहार गरी गम्भीर घाईते २१ बर्षीय सुजन मगरलाई छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरि ज्यान मुद्दा दर्ता गराएको छ ।मगरलाई छुरा प्रहारमा संलग्न धरान–१८ का विकास साह, इश्वर राई र धरान–१७ का सागर खड्कालाई सोही दिन पक्राउ गरि सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरुले सामान्य विवादमा साथीलाई छुरा प्रहार गरेका थिए ।बनाएकोमा निजको हाल बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरीमा उपचार भइरेहको छ ।