कैलालीमा लागु औषध खैरो हिरोईन सहित दुईजना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,फागुन ४ गते।

कैलालीमा लागु  औषध खैरो हिरोईन सहित दुईजना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका  वडा नम्बर ९ को खक्रौला सडक खण्डमा भारतबाट आईरहेको सु.प.प्र.०१–००७प ९२९१ नम्बरको मोटरसाईकलमा लागु औषध ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले  ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाका २४ वर्षीय चन्द्र बहादुर बुढा रु सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको जानकारी दिए।उनीहरुबाट ३० ग्राम नौँ सय मिलीग्राम खैरो हिरोईन बरामद गरिएको छ। उनीहरुको मोटरसाईकल समेत बरामद गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *