काँकरभिट्टाबाट एक जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ

अनलाईन न्युजपाटी,झापा,समाचारदादाता,फागुन ४ गते।

झापाको पूर्वी नाका काँकरभिट्टाबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।मेचीनगर–६ स्थित भन्सार गेटबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारत जलपाइगुडी धुपगाछीका ३२ वर्षीय सपन अधिकारीको साथ बाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका अधिकारीलाई थप अनुसन्धानका लागि इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *