लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,फागुन ५ गते।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।गोलबजार नगरपालिका ७ पूरानो चोहर्वाका २५ वर्षीय कृष्ण यादवले आफ्नै घरमा बिक्री गर्न ब्राउन सुगर राखेको जानकारी पाएर प्रहरीले खानतलासी गरेको थियो । यादवको घरमा स–साना ३० वटा पोका र एउटा ठूलो पोकामा ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।बरामद भएको ब्राउन सुगर ३ ग्राम रहेको छ । प्रहरीले कृष्णासँगै रहेका २० वर्षीय प्रवेश महतोलाई पनि पक्राउ गरेको छ । पक्राउ गरेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले बताए ।गोलबजारमा लागुऔषध ब्राउन सुगरको कारोबार बढ्दै गएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *