अनियन्त्रित भई अटो पल्टिँदा सुनसरीमा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,विराटनगर,समाचारदाता,फाल्गुन १६ गते।

अनियन्त्रित भई अटो पल्टिँदा सुनसरीमा एक जनाको ज्यान गएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–१ सैनीमैनीमा अटो टेम्पो पल्टिँदा चालकको मृत्यु भएको हो । सैनीमैनीस्थित भित्री सडक खण्डमा को२ह ६२६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालक इनरुवा नगरपालिका–७ का ३५ वर्षीय नन्दराज खवासलाई उपचारको लागि इटहरीको एपेक्स अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *