डाँका मुद्दामा अदालतबाट दोषी ठहरिएका एक व्यक्ति १० वर्षपछि पक्राउ

अनलाईन न्युजपाटी,झापा ,समाचारदादाता,चैत १ गते।

डाँका मुद्दामा अदालतबाट दोषी ठहरिएका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले डाँका मुद्दाका फरार अभियुक्त मेचीनगर नगरपालिका–७ का ४५ वर्षीय प्रकाश ओलीलाई पक्राउ गरेको हो। जिल्ला अदालत झापाले २०६७ माघ १२ मा गरेको फैसलाअनुसार डाँका मुद्दामा ओलीलाई  ६ वर्ष कैद र एक लाख ९६ हजार ९५० रुपैयाँ जरिवाना तोकिसकेको छ। अदालतले जरिवानासहितको कैद सजाय तोकेदेखि फरार भएका ओलीलाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *