विद्युत लाइनमा हाइभोल्टेज आउँदा सिन्धुलीमा एक जनाको मृत्यु, तीन जना घाइते

अनलाईन न्युजपाटी,सिन्धुली,समाचारदादाता,चैत १ गते।

विद्युत लाइनमा हाइभोल्टेज आउँदा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा कमलामाई नगरपालिका-७ सिम्लेकी ३९ वर्षकी माइतीमाया भोलन रहेकी छिन्।उनको उपचार गर्न सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको नेकपा नेता तथा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए। हाइभोल्टेजका कारण करेन्ट लाग्दा सोही ठाउँकी २८ वर्षकी देवकुमारी घिसिङ, ४२ वर्षका पदमबहादुर घिसिङ र ५१ वर्षका ज्ञानबहादुर थिङ घाइते भएका छन्।घाइते तीन जनाकै सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। नेपाल विद्युत प्राधिकरण सिन्धुलीले वितरण गरेको राष्ट्रिय प्रशारण लाइनमा नै हाइभोल्टेज आउँदा शनिबार बिहान २ बजे करेन्ट लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *