अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,चैत १० गते।
पर्सामा प्रहरीले लागू औषध गाँजासहित सोमबार तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-५ का ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पकाहामैनपुर गाउँपालिका-१ धेरेका ५० वर्षीय मन्द्रिका सहनी रहेका छन् ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।बहुदरमाई नगरपालिका-५ बाट बीआर०५एफ ६५६६ नम्बरको मोटरसाइकलमा भारत जाँदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १८ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।