सिरहामा लागुऔषधसहित २ जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,चैत १० गते।

सिरहामा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरिएको छ । सिरहाको लहान नगरपालिका २४ बस्ने २६ वर्षीय रामउदगार महतो र २१ वर्षीय प्रमोद यादवलाई पक्राउ गरिएको हो ।सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थित आइतबार ईलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले स.३ प. ९१७५ नं. को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।उनीहरुको साथबाट लागुऔषध नाईट्रोजन ट्याब्लेट १२० पिस बरामद भएको छ भने आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *