अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,चैत १० गते।
धनगढीमा मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेका छन्। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय बाबुराम खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गएराती १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार खड्काले चोरी गरेर चलाई रहेको अवस्थामा बा ४ ख ७७९३ नम्बरको मोटरसाईकल बरामद गरिएको हो। खड्काको साथबाट तार काट्न प्रयोग हुने कैची समेत बरामद गरिएको छ।