वीरगन्ज नाका दिउँसोदेखि पूर्णरुपमा बन्द

अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,चैत १० गते।

पर्सा जिल्लामा को वीरगंज भन्सार देखि ग्रामीण भेगमका सिमानाका पुर्ण रुपले सिल भएको छ । कृष्णा यादब वीरगंज १० चैत्र विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोनाभाइरसबाट जोगिन आइतबार बसेको मन्त्रिपरिषदको बैठकले चीन र भारतसँग जोडिएको नाकाहरु एकसाताको लागि बन्द गर्ने निर्णय गरेको थियो । मुलुककै प्रमुख आर्थिक राजधानीको रुपमा रहेको वीरगन्ज नाका दिउँसोदेखि पूर्णरुपमा बन्द गरिएको छ । शंकराचार्य गेटमै स्थापना गरिएको हेल्थ डेक्समा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा स्वास्थ्य कर्मीहरुको टोलीले नेपाल प्रवेश गरेकाहरुको डिजिटल थर्मोमिटरले मापन गरेर मात्र प्रवेश गर्न दिएको थियो । बिहानदेखि गरिएको मापन दिउँसो १२ बजेसम्म ७ सय ८० जना नेपाली नागरिक भारतबाट नेपाल प्रवेश गरेको तथ्याङ्गमा उल्लेख छ । नाकामै पुगेर वीरगन्जका मेयर, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको प्रमुखहरुले स्थलगत अनुगमन गर्नुका साथै चेकजाँचमा खटाईएको स्वास्थ्य कर्मी देखि लिएर सुरक्षाकर्मीहरुलाई कडाईका साथ चेकजाँच गर्न निर्देशन समेत दिएका थिए । नेपाल भारत तर्फ आवत जावत गर्नेको भिड नै छ । तर अहिने नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाईको छ । अति आवश्यक काम परेका व्यक्तिलाई समेत प्रवेशमा स्थानिय प्रशासनले रोक लगाएको छ । शंकराचार्य गेट अगाडी मितेर पुन वारी खटेका सुरक्षाकर्मीहरुले वीरगन्ज चेकजाँच गराउँन आउँने विरामीलाई समेत प्रवेशमा रोक लगाएका छन । सुरक्षा कडाईका कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल तर्फ आउने मानिसहरु नाकामै घेरिएका छन । दिउँसो १२ बजेदेखि भंसार गेट अगाडी बेरियरले नै बाटो घेरिएको छ । जसले गर्दा पैदल यात्रा गर्ने यात्रुलाई समेत भारत तर्फ र भारतबाट आउँनेलाई नेपाल तर्फ प्रवेशमा रोक लगाईएको छ । मानिसहरुको आवतजावतमा कडाई गरिएपनि मालबाहक सवारी साधनमा भने कुनै रोकावट गरिएको छैन । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी एवं सहायक प्रजिअ ललित बस्नेतले भने, दुवै देशका व्यक्तिलाई आवतजावतमा रोक लगाईएपनि मालबाहयक सवारी साधनलाई भने कुनै रोकावट गरिएको छैन । अति आवश्यक खाद्यपदार्थ लोड गरिएको सवारी साधन, पेट्रोलिय पदार्थ, तरकारी बोकेको गाडी वा अन्य मालबाहक सवारी साधनमा कुनै प्रकारको रोक नलगाएको उनले बताए । यसअघि पर्सा र बारा जिल्लाका छोटी भंसारका नाकाहरु पूर्णरुपमा शिल्ड गरिएको थियो । छिमेकी राष्ट्र भारतमा पनि भारत सरकारले समेत लाँक डाउँन गरेका कारण सिमावर्ती शहर रक्सौल प्रभावित भएको छ । त्यहाँका प्रशासनले समेत सुरक्षा व्यवस्थामा कडाई गरेको छ । सिमामा आउँने जानेलाई कडाईका साथ चेकजाँच गरिरहेको छ । अति आवश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको छ । लाँक डाउँनको क्रममा निजी प्रतिष्ठान, निजि कार्यालय, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ भने, अति आवश्यक मानिने निजि क्षेत्रमा कार्यरत चिकित्सा सेवा, दुरसञ्चार सेवा, बैकिङ्ग कारोबार, खाद्यान्न, तरकारी, औषधी पसल, पेट्रोलिय पदार्थ, ग्यास लगायत वस्तुको विक्री वितरणमा रोक लगाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *