पर्सामा डेढ महिनामा हुण्डीको रकम सहित करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,चैत १० गते।

पर्सा प्रहरीले डेढ महिनामा हुण्डीको रकम सहित करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा करिव डेढ महिना पहिला प्रमुखको रुपमा सरुवा भएर आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले अबैध रुपमा ओसार पसार हुने हुन्डीको रकम सहित १ करोड २८ लाख ७२ हजार १ सय ९५ रुपैया बराबरको अबैध तस्करीको सामान नियन्त्रणमा लिएको हो । त्यसैगरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले ३६ लाख ६१ हजार, ८ सय ४४ रुपैयाको हुण्डी कारोवारमा संल्गन रहेको ब्यक्तीहरुलाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा बुझाईएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिम साता देखी चैत्र महिनाको पहिलो साता सम्ममा उक्त मुल्य बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी उरिक्षक गंगा पन्तले जनाउनु भएको छ । तस्करहरुले अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल भित्रयाउदै गरेको र नेपालबाट भारत तर्फ अबैध रुपमा लादै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी पर्सा प्रहरीले नियन्त्रणमा लिएको अबैध भन्सार छलीको सामानहरु भारतबाट नेपालमा ल्याउदै गरेको अवस्थामा लत्ताकपडा , सटिङ सुटिङ, हार्डवेयर लगायतका सामानहरु पक्राउ गरेको छ भने त्यसैगरी नेपालबाट भारत तर्फ तस्करहरुले अबैध रुपमा लादै गरेको मरिच, केराउ , छोहडा ओखर लगाएतको अवैध समानहरु, नियन्त्रणमा लिएर बीरगंज भन्सारमा बुझाईएको पर्साको प्रहरी उपरिक्षक पन्तले बताउनुभएको छ । पर्सा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार सम्भालेका दिनदेखी बीरगंज लगायत जिल्लामा शान्ति सुरक्षा कायम राख्नुको साथसाथै तस्करीको सामान धमाधम पक्राउ गरी जिल्लाबाट हुने गरेको तस्करी पुर्ण रुपमा बन्द गर्न पर्सा प्रहरी सफल भएको प्रहरी उपरिक्षक पन्तको दावी छ । पर्सा प्रहरीका एसपी पन्तले कुनैपनी अबैध रुपमा हुने गरेको तस्करी वा क्राईम जिरोमा झार्न नसके पनी पर्सा प्रहरीको सादा पोसाकमा ( क्राईम प्रहरी टोली ) रहेको प्रहरी टोली नागरिक समाज, बुद्धीजिवी, पर्सेली सन्चारकर्मी लगायतका सहयोग र सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने समेत अपराधी गतिविधि र तस्करी शुन्य भएको बताउनुभयो । त्यस्तै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि शुन्य भएको कारणले पर्सा जिल्लाका बासिहरु प्रहरी उपरीक्षक पन्त संग निकैने खुशी रहेको पर्सा जिल्ला बासिहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *