अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,चैत १२ गते।
कृष्णा यादव,
कोरोना भाइरस (कोभिन १९)लाई नियन्त्रण गर्न नेपाल सकारकले मन्त्री परिषद को बैठकले मंगलबार बिहान ६ बजे देखि सिमानाका लक डाउनको दोस्रो दिन आज विहानै देखि पर्सा जिल्लाको शहर देखि ग्रामीण भेग सम्म सुनसान रहेको छ । सरकारले लागू गरेको लक डाउन उल्लंघन गर्दै चितवनबाट आएको कन्टेनरमा लुकेका ५३ जना ब्यक्तिहरुलाई पर्सा प्रहरीले कन्टेनर सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कन्टेनरमा लुकेका ५३ जना मध्ये ५० जना पर्सा जिल्लाका नागरिक रहेका छन भने ३ जना बारा जिल्लाका नागरिकहरु लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि घन्टाघर नजिक रहेको बिपी उथान पार्कमा नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक रबि यादबले बताउनु भयो । विश्वब्यापिक महामारीको रुपलै फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्नुको लागि हिजोदेखि लागू गरेको लकडाउन उल्लंघन गरेको भन्दै हिजो मंगलवार बीरगन्जमा ३०० वटा ब्यक्ति र १०० वटा मोटरसाइकल सहित पर्सा प्रहरीले पक्राउ गरी पाचसयको दरले जरिवाना गरि पक्राउ गरेको ब्यक्तिलाई छोडीएको छ । नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोभिन(१९) लाई रोकथाम गर्ने प्रयास गरेको छ । लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको जनाएको छ । तर वीरगंज महानगरपालिका लगायत केही स्थानमा लकडाउन उल्लंघन गरेका थिए । लकडाउनको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनका लागि गरिएको अपिलको उल्लंघन गरेर काम नभएका मानिसहरु पनि घुमफिर गर्न थालेपछि प्रहरीले कडाइ गर्न थालेको छ । यता नेपाली सेनाले समेत आजबाट निगरानी बढाएको छ । बीरगंज ब्यारेक अगाडि रहेको तरकारी पसलहरुमा मानिसहरुको आवात जावत बढी भएकोले पसलहरु बन्द गराएको छ ।